बाढीपहिरोले म्याग्दीका २०० परिवार विस्थापित, तिल्केनीमा कटान

म्याग्दीमा असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षा र त्यसपछिको बाढीपहिरोले २०० परिवार विस्थापित भएका छन्। प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार सदरमुकाम बेनीबाट गाउँ जोड्ने सडक, सञ्चार र बिजुली सम्पर्क टुटेकाले क्षतिको विवरण सङ्कलनमा ढिलाइ भएको छ। विवरण जुटाउन सुरक्षा निकाय र सबै स्थानीय तहमा जनशक्ति खटाइएको उहाँले बताउनुभएको छ।
सडकमार्ग बन्द भएका क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ। रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा आइतबार बिहानदेखि कालीगण्डकीले कटान थालेपछि नदी घरको आँगनसम्म आइपुगेको छ। त्यहाँका गमबहादुर सेञ्चुरीले घरका सामान निकालेर सडकमा थुपारेका छन्।
उनको सडक छेउको एक रोपनीभन्दा बढी जग्गा र करेसाबारी नदीले बगाएको छ। परिवारलाई कहाँ लगेर राख्ने भन्ने टुङ्गो उनले अझै गर्न सकेका छैनन्। आठ घरपरिवार बस्दै आएको तिल्केनीचौर कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा व्यापारिक केन्द्रजस्तै मानिन्थ्यो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


