१८ असोज २०८३ English
English

काठमाडौँ महानगरको चिठीपत्र अब हुलाकमार्फत, गोश्वारा हुलाकसँग सम्झौता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काठमाडौँ महानगरको चिठीपत्र अब हुलाकमार्फत, गोश्वारा हुलाकसँग सम्झौता

YouTube मा सब्स्क्राइब

काठमाडौँ महानगरपालिकाले आफ्ना चिठीपत्र र अन्य कागजात अब हुलाक सेवामार्फत पठाउने भएको छ। यसका लागि महानगरले डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र र पार्सलजस्ता वस्तु विभिन्न निकाय तथा व्यक्तिसम्म हुलाकले पुर्‍याउनेछ।

महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेका अनुसार पत्राचारलाई व्यवस्थित र सुरक्षित बनाउँदै तोकिएको समयमै प्रापकसम्म पुर्‍याउन यो व्यवस्था गरिएको हो। विभाग, महाशाखा, सचिवालय, एकाइ र आयोजनाबाट जाने पत्र पहिले केन्द्रीय सम्पर्क एकाइमा जम्मा गरिनेछ। त्यहाँबाट प्रापकको ठेगाना र सम्पर्क विवरणसहित हुलाकलाई बुझाइनेछ।

हुलाक कार्यालयले ती वस्तु आफ्नो प्रणालीमा दर्ता गरी छुट्याउने र आफैँ वा वितरण एजेन्टमार्फत प्रापकसम्म पुर्‍याउने प्रमुख काफ्लेले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार