प्रधानमन्त्री शाहसँग कुनै फाटो नभएको सभापति लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो कुनै फाटो नरहेको दाबी गर्नुभएको छ। शनिबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बसेको थियो। सो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
पछिल्लो समय प्रधानमन्त्री र पार्टी सभापतिबीचको सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला यो भनाइ आएको हो। बैठकमा सहभागी केन्द्रीय सदस्यहरूका अनुसार सभापति लामिछानेले मिडियामा आएको फाटोको चर्चा आधारहीन भएको बताउनुभयो। आवश्यक परे यसका लागि औँठाछाप लगाउन पनि आफू तयार रहेको उहाँको भनाइ थियो।
उहाँले आफू र प्रधानमन्त्रीबीच कसैले पनि फाटो ल्याउन नसक्ने बताउनुभएको छ। प्रधानमन्त्री शाहकै नेतृत्वमा सरकार पाँच वर्ष चल्ने भनाइ सभापतिले राखेको कुरा रास्वपा सांसद असिम शाहले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। केन्द्रीय सदस्यहरूका अनुसार बैठकमा लामिछानेले झन्डै एक घण्टा बोल्नुभएको थियो।
सो क्रममा उहाँले सरकार, मन्त्री, पार्टी र सङ्गठनका विषयमा पनि आफ्नो धारणा राख्नुभएको थियो।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


