सुन तोलामा २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ

साताको कारोबार सुरु हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ। कारोबार भएको अघिल्लो दिन शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ रहेको सुनको मूल्य आज २ हजार १०० रुपैयाँले बढेको हो।
प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ।
प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस करिब ४ हजार ३७८ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस करिब ६६ डलर रहेको महासंघको विवरणमा उल्लेख छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


