९ असोज २०८३ English
English

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति राष्ट्रसङ्घ महासभाका लागि न्युयोर्कमा

· १ मिनेट पढाइ

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन दक्षिण अमेरिकी मुलुक भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज सोमबार न्यूयोर्क पुग्नुभएको छ। उहाँले देशहरूबीचको एकता र सहकार्यप्रति आस्था राख्ने जनताको सङ्कल्प र आशा बोकेर आफू न्यूयोर्क आएको सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ। सन् २०१८ मा तत्कालीन राष्ट्रपति निकोलस मादुरोपछि महासभामा सहभागी हुने उहाँ भेनेजुएलाका पहिलो राष्ट्रप्रमुख हुनुहुन्छ।

जनवरीमा अमेरिकी सेनाको कारबाहीमा मादुरो पक्राउ परी अमेरिका पुर्‍याइएपछि उहाँकै सरकारमा उपराष्ट्रपति रहनुभएकी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मा लिनुभएको हो। महासभाको मञ्चमा भेनेजुएलाले सम्मान, सहयोग र आपसी समझदारीमा आधारित कार्यसूचीसहित आफ्नो धारणा राख्ने र आफ्ना सिद्धान्तको रक्षा गर्ने उहाँले यसअघि बताउनुभएको थियो।

यो समाचार भिडियोमा

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति राष्ट्रसङ्घ महासभाका लागि न्युयोर्कमा

स्रोत

सम्बन्धित समाचार