९ असोज २०८३ English
English

५० लाखभन्दा बढी विस्थापित सुडानी आफ्नो थलो फर्के: राष्ट्रसङ्घ

· १ मिनेट पढाइ
५० लाखभन्दा बढी विस्थापित सुडानी आफ्नो थलो फर्के: राष्ट्रसङ्घ
तस्बिर: रातोपाटी

सुडानमा गृहयुद्ध र कठिन चुनौती कायमै रहँदा पनि ५० लाखभन्दा बढी विस्थापित मानिसले आफ्नो मूल थलो फर्कने निर्णय गरेको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ। राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन अर्थात् आईओएमका अनुसार धेरै मानिस अझै द्वन्द्व जारी रहेको देशमै फर्किरहेका छन्। फर्किएका ठाउँमा क्षतिग्रस्त घर, विद्यालय र क्लिनिकले मानिसको आवश्यकता धान्न नसकेको आईओएमले विज्ञप्तिमा जनाएको छ।

तत्काल सहयोग नपाए ती परिवार फेरि विस्थापित हुने जोखिम रहेको सङ्गठनले चेतावनी दिएको छ। सन् २०२३ अप्रिलमा सुडानको नियमित सेना र अर्धसैन्य द्रुत सहायता बल अर्थात् आरएसएफबीच सुरु भएको युद्धले विश्वकै ठूलो भोकमरी र विस्थापन सङ्कट निम्त्याएको छ। आईओएमका अनुसार युद्ध चरममा पुग्दा देशभित्र करिब १ करोड २० लाख मानिस विस्थापित भएका थिए।

यो समाचार भिडियोमा

५० लाखभन्दा बढी विस्थापित सुडानी आफ्नो थलो फर्के: राष्ट्रसङ्घ

स्रोत

सम्बन्धित समाचार