१३ असोज २०८३ English
English

पहिरोले थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्टको प्रयास सफल भएन, उपकरणले नदी खोतलिँदै

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पहिरोले थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्टको प्रयास सफल भएन, उपकरणले नदी खोतलिँदै
तस्बिर: सेतोपाटी

मनाङको सदरमुकाम चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थाले पनि त्यो प्रयास अहिलेसम्म सफल हुन सकेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार ब्लास्ट गर्ने प्राविधिक टोली सोमबार नै चामे आइपुगेको थियो। उनले भने, 'प्राविधिक टोली हिजै चामे आइपुगेको हो। ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो।'

ब्लास्ट गर्न समस्या भएपछि थुनिएको नदी खोल्न दुईवटा डोजर परिचालन गरिएको छ। ती उपकरणमार्फत नदी खोतल्ने काम भइरहेको प्रशासनले जनाएको छ।

पछिल्ला दिनको लगातारको वर्षापछि गएको पहिरोले चामेमा मर्स्याङ्दी नदीको बहाव थुनिएको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार