सुन तोलामा ३ हजार ८०० रुपैयाँ घट्यो, दुई दिनमा ८ हजार ८०० सस्तियो

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको थियो। यसरी पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेको हो।
लगातार दोस्रो दिन सुन र चाँदी दुवैको मूल्य घटेको महासंघले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

