१३ असोज २०८३ English
English

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधिसभामा पेस

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधिसभामा पेस
तस्बिर: नेपाल लाइभ

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस भएका छन्। दुवै विधेयक प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रस्तुत गरिएका हुन्।

प्रस्तावित विधेयकअनुसार नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति रक्षामन्त्री हुनेछन्। विश्वविद्यालयको सभामा प्रधानसेनापति पदेन सदस्य रहनेछन्।

डिप्लोमा इन्जिनियरिङ पेशा तथा व्यवसायलाई व्यवस्थित, वैज्ञानिक, गुणस्तरीय, मर्यादित र पारदर्शी बनाउने उद्देश्यले सरकारले डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक ल्याएको हो।

सोही बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक’सम्बन्धी समितिको प्रतिवेदन पेस गरिन्। समितिमा विस्तृत छलफल, संशोधन प्रक्रिया र सरोकारवालासँगको परामर्शपछि प्रतिवेदन तयार पारिएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार