९ असोज २०८३ English
English

यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

· १ मिनेट पढाइ
यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित
तस्बिर: गोरखापत्र

इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथी लडाकु अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ जानुपरेको हो। विस्थापित हुनेमध्ये इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि छन्।

हुथी लडाकु नजिकिँदै गएपछि उनीहरू पाँच किलोमिटर पैदल हिँडेर र त्यसपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए। पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण रहेको थाबेटले बताएका छन्। ‘घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,’ उनले भनेका छन्।

हाल उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा रहेको जनाएका छन्।

स्रोत

सम्बन्धित समाचार