दुई महिनापछि जनक शिक्षामा पाठ्यपुस्तक छपाइ फेरि सुरु, पुरानै पाठ्यक्रम लागू हुने

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब दुई महिनादेखि रोकिएको पाठ्यपुस्तक छपाइ फेरि सुरु गरेको छ। आगामी शैक्षिक सत्रमा पुरानै पाठ्यक्रमअनुसारका पुस्तक पढाइने भएको छ। पाठ्यक्रम परिमार्जन गर्ने सरकारी निर्णयपछि परिमार्जित प्रिन्टरप्लेट रेडी कपी अर्थात् पिआरसी समयमै उपलब्ध नहुँदा छपाइ ठप्प भएको थियो।
काम रोकिँदै गए आगामी सत्रमा पाठ्यपुस्तक अभाव हुने देखिएपछि केन्द्रका कर्मचारीले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार शिक्षा मन्त्रालयको निर्णयअनुसार असोजको सुरुदेखि छपाइ थालिएको हो। छपाइ फेरि सुरु भएकाले आगामी सत्रमा पुस्तक अभाव नहुने प्रवक्ता कुँवरले बताउनुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


