स्वास्थ्य क्षेत्रका तीन ठूला निकाय पुनर्गठन गर्ने सरकारी तयारी

सरकारले स्वास्थ्य क्षेत्रका नियामक र सार्वजनिक स्वास्थ्य संरचना पुनर्गठन गरी तीन नयाँ निकाय स्थापना गर्ने तयारी थालेको छ। रोग नियन्त्रण र निगरानीका लागि सेन्टर फर डिजिज कन्ट्रोल अर्थात् सीडीसी बनाउने अवधारणा छ। औषधि र खाद्यलगायत स्वास्थ्य सामग्रीको नियमनका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन अर्थात् एफडीए प्रस्ताव गरिएको छ।
स्वास्थ्य संस्थाको गुणस्तर मापन र प्रमाणीकरणका लागि नेसनल हेल्थ एक्रिडिटेसन अथोरिटी अर्थात् एनएचएए स्थापना गर्ने योजना छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाका अनुसार क्षेत्रको बदलिँदो आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास हेरेर नयाँ मोडल विकास गर्न लागिएको हो। प्रस्तावित सीडीसी हालको स्वास्थ्य सेवा विभागकै आधुनिक रूप हुने सचिव देवकोटाले बताउनुभएको छ।
नयाँ संरचनामा रोग निगरानीसँगै अनुसन्धान, अध्ययन, प्राज्ञिक काम, राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय तथा प्रमाणमा आधारित नीति निर्माणमा जोड दिइनेछ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


