पोखराको फिर्केखोलाको खोलाघरबाट २६ संरचना हटाइयो

पोखरा महानगरपालिकाले बजारको बीचबाट बग्ने फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र अर्थात् खोलाघरमा बनेका २६ वटा संरचना हटाएको छ। असोज १५ गतेदेखि थालिएको पछिल्लो चरणको अभियानमा हालसम्म १२ स्थायी र १४ अस्थायी संरचना हटाइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। खोलाघर खाली गराउने अभियान गत जेठमै सुरु भएको थियो र घरधनीलाई आफैँ संरचना हटाउन अन्तिम मौका दिइएको थियो।
सम्बन्धित व्यक्ति र संस्थाले आफैँ हटाउने मौखिक सहमति गरे पनि पालना नगरेपछि महानगरले हटाउने काम फेरि अघि बढाएको हो। उक्त अवधिमा पनि खाली नभएका संरचना अहिले क्रमशः हटाइँदै छन्। प्राकृतिक बहाव क्षेत्रको संरक्षण र व्यवस्थित सहरी विकासका लागि अभियानलाई टुङ्गोमा पुर्याइने प्रमुख आचार्यले बताउनुभएको छ।
उहाँले खोलाघर संरक्षणलाई पोखराको दीर्घकालीन हितसँग जोडिएको विषय भन्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


