१९ असोज २०८३ English
English

हुम्ला खण्डको कर्णाली करिडोर फेरि सुचारु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
हुम्ला खण्डको कर्णाली करिडोर फेरि सुचारु

YouTube मा सब्स्क्राइब

हुम्ला जिल्लाभित्रको कर्णाली करिडोर पहिरो पन्छाइएपछि फेरि सुचारु भएको छ। सुरुमा सुख्खा पहिरो र त्यसपछि लगातार तीन दिनको वर्षाले ठाउँठाउँमा पहिरो खसेपछि करिडोर असोज ४ गतेदेखि अवरुद्ध थियो। सर्केगाड गाउँपालिका–२ को छारे भीसमा खसेको सुख्खा पहिरोसहित वर्षाका बेला विभिन्न ठाउँमा खसेका पहिरो र ढुङ्गा हटाएपछि सडक पूर्ण रूपमा खुलेको हुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जयपति रोकायाले बताउनुभएको छ।

पहिरो पन्छाउने काम रोकायाकै अगुवाइमा भएको थियो। पैदल बाटो हुँदै सुर्खेत भएर काठमाडौँ आउने क्रममा उहाँ पनि पहिरोका कारण रोकिनुभएको थियो। सडक खुलेसँगै करिडोरमा यातायात सेवा फेरि सञ्चालनमा आएको छ।

तर केही स्थानमा हिउँले सडक बन्द गर्दा त्यहाँ यात्रा गर्न सम्भव छैन।

स्रोत

सम्बन्धित समाचार