९ असोज २०८३ English
English

प्रज्ञा प्रतिष्ठानको ‘कथा डबली’, पहिलो शृंखलामा इन्द्रजात्राका मिथक

· १ मिनेट पढाइ
प्रज्ञा प्रतिष्ठानको ‘कथा डबली’, पहिलो शृंखलामा इन्द्रजात्राका मिथक
तस्बिर: थाहाखबर

नेपाल प्रज्ञा प्रतिष्ठानले सहरका पुराना मिथक, कथा र किंवदन्ती सुन्ने तथा भावी पुस्ताका लागि डिजिटल अभिलेख तयार पार्ने उद्देश्यले ‘कथा डबली’ नामक विशेष शृंखला सुरु गर्ने भएको छ। प्रतिष्ठानका अनुसार यसको आयोजना काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागले गर्नेछ। ‘कथा डबली–१’ अन्तर्गत काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रासँग जोडिएका मिथक र किंवदन्ती सुनाइनेछ।

यो कार्यक्रम आउँदो असोज ८ गते बिहीबार दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा हुनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालभाषा एकेडेमीका चान्सलर तथा वरिष्ठ संस्कृतिविद् मल्ल के. सुन्दरले कथा वाचन गर्नेछन्।

प्रतिष्ठानका अनुसार उनले इन्द्रजात्रासँग जोडिएका शताब्दीऔँ पुराना कथा, मिथक र किंवदन्तीसँगै काठमाडौं सहरको उत्पत्ति र यसको सांस्कृतिक वैभवमाथि लिखित कथा सुनाउनेछन्। सांस्कृतिक स्मृति थप जीवन्त बनाउन ‘इन्द्रजात्रा : शारदीय पर्व’ नाम दिइएको कार्यक्रममा परम्परागत नृत्य पनि प्रस्तुत गरिनेछ। सोही अवसरमा कलाकारले उपत्यकाको प्रसिद्ध ‘लाखे प्याखं’ अर्थात् लाखे नाच र ‘कुमारी नृत्य’ मञ्चन गर्ने प्रतिष्ठानको काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभागले जनाएको छ।

यो समाचार भिडियोमा

प्रज्ञा प्रतिष्ठानको ‘कथा डबली’, पहिलो शृंखलामा इन्द्रजात्राका मिथक

स्रोत

सम्बन्धित समाचार