मकवानपुरमा मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

जंगली जनावरले अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसानले सिल्भर डलर अर्थात् युकालिप्टस खेती सुरु गरेका छन्। किसान रमेश रानामगरका अनुसार मकै, गहुँ, कोदो र फापर लगाउँदा जंगली जनावरले नष्ट गरिदिने भएपछि उहाँले परम्परागत खेतीको विकल्प खोज्नुभएको हो। अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि सुरु गरिएको यो खेती अहिले उहाँको आम्दानीको नयाँ आधार बन्दै गएको छ।
रानामगरका अनुसार करिब ३१ रोपनी क्षेत्रफलमा झन्डै २ हजार बिरुवा लगाइएको छ र एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्छ। कोगटेमा हाल ४ जना किसानले करिब १ सय रोपनीमा व्यावसायिक खेती गरिरहेका छन्। किसानका अनुसार रोपेको ७ देखि ८ महिनामै पहिलो पटक हाँगा काट्न सकिन्छ र त्यसपछि गोडमेलका आधारमा हरेक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ।
छोटो समयमै उत्पादन लिन सकिने र बजारमा माग उच्च रहेकाले किसान उत्साहित छन्। ठूलो लगानीमा सुरु भएको यो खेतीको उत्पादनले बजारको माग धान्नै मुस्किल परेको किसानको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

