२५ असोज २०८३ English
English

तीन महिना ढिलो सुदूरपश्चिम सरकारको बजेट प्रदेशसभामा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
तीन महिना ढिलो सुदूरपश्चिम सरकारको बजेट प्रदेशसभामा

YouTube मा सब्स्क्राइब

चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको झन्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा बजेट पेस गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सभाको बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो। बजेट ल्याउनुअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसेको थियो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी ताराप्रसाद जोशीका अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठक तोकिएको समयभन्दा ढिलो सुरु भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उक्त बैठकमा सहभागी भएका छैनन्। यसअघि असार महिनामा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट सत्ता साझेदार कांग्रेस र नेकपा एमालेबीचको विवादका कारण पारित हुन सकेको थिएन।

यो चालु वर्षका लागि सभामा पेस भएको दोस्रो बजेट हो। त्यसपछि साउन २९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनमा खगराज भट्टको नेतृत्वमा नयाँ सरकार बनेको थियो। नयाँ सरकार बनेपछि पनि गठबन्धन दल र मन्त्रिपरिषद्का सदस्यबीच बजेटमा सहमति नजुट्दा प्रदेश लामो समय बजेटविहीन बनेको थियो।

यसक्रममा बजेट पेस गर्न सभाको बैठक पटक-पटक सारिएको थियो। प्रदेश सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले तयारी नपुगेकाले यसअघिका बैठक स्थगित भएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार