१० असोज २०८३ English
English

एनपीएल प्रसारणको टाइटल स्पोन्सर रेड बुल

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एनपीएल प्रसारणको टाइटल स्पोन्सर रेड बुल
तस्बिर: रातोपाटी

रेड बुल नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो संस्करणको प्रत्यक्ष प्रसारणको टाइटल स्पोन्सर बनेको छ। हिमालय टेलिभिजन नेटवर्कसँगको सहकार्यअनुसार हिमालय स्पोर्ट्सबाट हुने एनपीएल प्रसारण अब रेड बुलको मुख्य प्रायोजनमा प्रस्तुत हुनेछ। नेपालमा क्रिकेटप्रति बढ्दो उत्साह र एनपीएलको लोकप्रियतालाई अझ माथि पुर्‍याउने उद्देश्यले दुई पक्षबीच सहकार्य भएको हो।

प्रत्यक्ष खेलका अतिरिक्त खेलअघि र खेलपछिका कार्यक्रम तथा विशेष खेल सामग्री पनि प्रसारणमा समेटिने जनाइएको छ। हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले रेड बुलजस्तो विश्वव्यापी ब्रान्ड जोडिँदा आफूहरू निकै उत्साहित भएको बताउनुभएको छ। उहाँले नेपाली क्रिकेटमा अहिले अभूतपूर्व उत्साह र सम्भावना रहेको पनि बताउनुभएको छ।

रेड बुल नेपालको प्रतिनिधित्व गर्दै सरस बेभरेजेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आफ्नो ब्रान्ड ऊर्जा, खेलकुद र उत्कृष्ट प्रदर्शनसँग जोडिएको बताउनुभएको छ। उहाँले क्रिकेटप्रति नेपाली दर्शकको जोससँग रेड बुलको स्वाभाविक सम्बन्ध रहेको भन्दै टाइटल स्पोन्सर बन्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ।

यो समाचार भिडियोमा

एनपीएल प्रसारणको टाइटल स्पोन्सर रेड बुल

स्रोत

सम्बन्धित समाचार