एसियाड क्रिकेट: नेपाल आज जापानसँग खेल्दै

जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल शनिबार आफ्नो दोस्रो खेलमा आयोजक जापानसँग भिड्दै छ। आइचीको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा यो खेल नेपाली समयअनुसार बिहान पौने ६ बजे सुरु हुने तालिका छ। तर जापानमा शनिबार बिहानदेखि दिनभरजसो पानी पर्ने सम्भावना देखिएकाले खेलमा बाधा पुग्न सक्छ। वर्षाका कारण खेल हुनै नसके दुवै टोलीले अंक बाँडफाँट गर्नेछन्। त्यसो भएमा नेपाल २ खेलबाट ३ अंक जोडेर समूह 'ए' को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्नेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


