सिन्तामणी मुस्ताङ रिसोर्टलाई ‘वान मिसेलिन की’ उपाधि

नेपालको मुस्ताङमा सञ्चालित सिन्तामणी मुस्ताङ रिसोर्टले सन् २०२६ को ‘वान मिसेलिन की’ उपाधि प्राप्त गरेको छ। यो अवार्ड गत शुक्रबार घोषणा गरिएको हो। विशेष बसाइँ अनुभूति दिने होटल तथा रिसोर्टलाई प्रदान गरिने यस सम्मानले सिन्तामणी मुस्ताङलाई विशिष्ट अनुभव दिने उत्कृष्ट रिसोर्टका रूपमा सूचीकृत गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रिसोर्ट करिब २ हजार ८ सय मिटर उचाइमा अवस्थित छ। त्यस भेगमा दिइरहेको सेवाको गुणस्तर र निरन्तरतासहितका आधारमा रिसोर्टले यो मान्यता पाएको कम्पनीले उल्लेख गरेको छ। शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नामग्याल शेर्पाले वान मिसेलिन की प्राप्त हुनु रिसोर्टका लागि मात्र नभई समग्र मुस्ताङ गन्तव्यकै लागि सम्मान भएको बताउनुभएको छ।
कम्पनीका अनुसार यो सिन्तामणी मुस्ताङले हासिल गरेको अर्को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता हो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

