टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल दुई स्थान उक्लिँदै १४औँमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल दुई स्थान उक्लिएर १४औँ स्थानमा पुगेको छ। आईसीसीले शुक्रबार अद्यावधिक वरियता सार्वजनिक गरेको छ। सोही दिन जापानको नागोयामा जारी एसियाली खेलकुदमा अफगानिस्तानविरुद्ध जितेपछि नेपालको स्थानमा सुधार आएको हो।
नेपालले उक्त खेल ५ विकेटले जितेको थियो। पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १०२ रनमा सीमित गरेको थियो। जवाफमा नेपालले १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो।
बलिङमा कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिएका थिए। ब्याटिङमा सन्दीप जोराले ३४ रन बनाएका थिए भने रोहित पौडेल ३३ रनमा अविजित रहेका थिए। नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्नेछ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

