९ असोज २०८३ English
English

सेमिफाइनलमा भारतसँग हारे पनि महिला कबड्डीमा नेपाललाई कांस्य

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
सेमिफाइनलमा भारतसँग हारे पनि महिला कबड्डीमा नेपाललाई कांस्य
तस्बिर: इमेजखबर

जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ। इची–नागोयाको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनलमा भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपाल फाइनलमा पुग्न सकेन। भारतले पहिलो हाफ ३१–१७ अंकले आफ्नो पक्षमा पारेको थियो।

दोस्रो हाफमा पनि भारतले १७–७ अंक जोड्दै ठूलो अन्तर कायम राख्यो। सेमिफाइनलमा पुगेसँगै नेपालको कास्य पदक पक्का भइसकेको थियो। समूह चरणमा नेपालले थाइल्यान्डलाई ४६–४३ अंकले हराएको थियो भने चाइनिज ताइपेईसँग ३७–१८ अंकले हार बेहोरेको थियो।

बिहीबार श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै नेपालले समूहका तीनमध्ये दुई खेल जितेर सेमिफाइनलमा स्थान बनाएको थियो। सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाल सेमिफाइनलमा भारतसँगै हारेर कास्यमा सीमित भएको थियो। योसँगै नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा लगातार दोस्रो संस्करणमा कास्य पदक जितेको छ।

यो पदक २०औँ एसियाली खेलकुदमा नेपालले जितेको दोस्रो पदक हो। यसअघि कराते विधाको पुरुष कुमिते ८४ किलो तौल समूहमा तेन्जिङ शेर्पाले नेपालका लागि पहिलो कास्य पदक जितेका थिए। पुरुष क्रिकेटमा पनि नेपालले शुक्रबार नै अफगानिस्तानलाई हराएर विजयी सुरुवात गरेको छ।

यो समाचार भिडियोमा

सेमिफाइनलमा भारतसँग हारे पनि महिला कबड्डीमा नेपाललाई कांस्य

स्रोत

सम्बन्धित समाचार