भरतपुरका जोखिमयुक्त चोकमा विद्यार्थीले राखे टल्कने ड्रम

चितवनको नेपाल पुलिस स्कुल शान्तिपुरका विद्यार्थीले भरतपुर महानगरपालिकाका दुर्घटना जोखिमयुक्त चोकमा रातको समयमा समेत टल्कने स्टिकरसहितका ड्रम राख्न थालेका छन्। विद्यालयमा सडक दुर्घटना, सवारी नियम र ट्राफिक प्रहरीको जिम्मेवारीबारे जानकारी पाएपछि विद्यार्थीले भरतपुरका विभिन्न चोकमा करिब ४० वटा स्टिकर टाँसिएका ड्रम राखेको विद्यालयले जनाएको छ। जोखिमयुक्त चोकमा सवारी आवागमन व्यवस्थित र सहज बनाउने उद्देश्यले राखिएका ती ड्रम विद्यार्थीले एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेल, चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिल थापा तथा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागितामा बुद्धचोक, गीतानगर, चोकबजार, शिवनगर र चनौलीलगायत क्षेत्रमा ड्रम राखिएको हो। विद्यालयले आफ्नो सीएसआर अन्तर्गतको रकमबाट सचेतनामूलक स्टिकरसहितका ड्रम उपलब्ध गराएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

