९ असोज २०८३ English
English

एसियाड अपडेट: महिला क्रिकेट फाइनलमा भारत–श्रीलङ्का, वुशुमा सविता राई दशौँ

· १ मिनेट पढाइ
एसियाड अपडेट: महिला क्रिकेट फाइनलमा भारत–श्रीलङ्का, वुशुमा सविता राई दशौँ
तस्बिर: रातोपाटी

जापानमा जारी एसियाली खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदकका लागि भारत र श्रीलङ्का भिड्ने भएका छन्। पहिलो सेमिफाइनलमा श्रीलङ्काले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।

आयशा जफरले ७१ र शवाल जुल्फिकारले ५४ रन जोडेका थिए। लक्ष्य पछ्याएको श्रीलङ्काले १७ ओभर ५ बलमा दुई विकेट मात्रै गुमाउँदै विजयी रन पूरा गरेको छ। कप्तान चमारी अथापथुले नटआउट ८३ र हसिनी पेरेराले ४२ रन बनाइन्।

दोस्रो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई ११४ रनको ठूलो अन्तरले हराएको छ। भारतले दिएको १९६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १५ ओभर ४ बलमा ८१ रनमै अलआउट भयो। भारतकी नन्दिनी शर्मा र दिप्ती शर्माले ३/३ विकेट लिएका छन्।

उसुतर्फ महिला ताइचि विधामा नेपालकी सविता राई दशौँ स्थानमा सीमित भएकी छन्। पुरुष छान क्वानमा विजय सिंजाली पनि प्रतिस्पर्धाबाट बाहिरिएका छन्। नेपालले उसुका विभिन्न विधामा १० खेलाडी उतारेको छ।

करातेमा एरिका गुरुङ तेस्रो स्थानका लागि भएको खेलमा कजाकिस्तानकी मोस्ताफासँग ८–७ ले पराजित भएकी छन्। ५५ केजीमुनि तौल समूहमा राकेश मानन्धर मलेसियाका कालिनन सुन्दरमसँग ९–१ ले हारे। भलिबल टोलीले भने किर्गिजस्तानलाई ३–० ले हराउँदै १२औँ स्थान पक्का गरेको छ।

यो समाचार भिडियोमा

एसियाड अपडेट: महिला क्रिकेट फाइनलमा भारत–श्रीलङ्का, वुशुमा सविता राई दशौँ

स्रोत

सम्बन्धित समाचार