विदेशी विद्यार्थी भित्र्याउने संकल्पसहित ‘झापा घोषणापत्र’ जारी

नेपाल शैक्षिक परामर्श संघ इक्यानले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने संकल्पसहित ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ। झापाको बिर्तामोडमा सम्पन्न संघको तेस्रो संस्करण लिडर्स मिटको समापन कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो। इक्यानका अनुसार १० बुँदे घोषणापत्रमा विदेशी विद्यार्थी तथा शोधकर्ताको आगमनलाई संस्थागत रूपमा अघि बढाउने उल्लेख छ।
अन्तर्राष्ट्रिय शैक्षिक साझेदारी विस्तार गर्ने र नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको बजार विकास गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ। इक्यानका पूर्वअध्यक्ष शेषराज भट्टराईले नेपाली विद्यार्थीलाई विदेश पठाउने भूमिकासँगै नेपालमा विदेशी विद्यार्थी भित्र्याउने सम्भावनामा पनि काम गर्नुपर्ने बताउनुभएको छ। नेपालमा गुणस्तरीय शैक्षिक संस्था र प्राकृतिक तथा सांस्कृतिक विविधता रहेकाले अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न सके विदेशी विद्यार्थी आकर्षित गर्न सकिने उहाँको भनाइ छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

