निलम्बन फुकुवा नभएपछि घरेलु फुटबल अघि बढाउने सरकारको तयारी

फिफाको निलम्बन नहटे पनि सरकारले घरेलु फुटबल गतिविधि सुचारु गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ, फिफाले गत १० असारमा अखिल नेपाल फुटबल संघ, एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल लगभग ठप्प छ। निलम्बन हटाउन पटक-पटक भएका छलफलबाट ठोस उपलब्धि नभएपछि सरकार घरेलु गतिविधि अघि बढाउने निष्कर्षमा पुगेको हो।
यही विषयमा सरकारले सोमबार पूर्व फुटबल खेलाडीहरूसँग छलफल गरेको थियो। छलफलमा घरेलु फुटबललाई योजनाबद्ध ढङ्गले अघि बढाउने समझदारी भएको राष्ट्रिय खेलकुद परिषद्, राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभएको छ। फुटबललाई चलायमान बनाउन सरकारले घरेलु लिगहरू सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ।
निलम्बन हटाउने प्रक्रियामा एन्फाले सहयोग नगरेको सरकारको निष्कर्ष रहेको र त्यसैले सरकार अर्को बाटोतर्फ अघि बढेको मेहताको भनाइ छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

