११ असोज २०८३ English
English

बाढी र झरीले मुस्ताङ–म्याग्दीको पर्यटन व्यवसाय सुस्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढी र झरीले मुस्ताङ–म्याग्दीको पर्यटन व्यवसाय सुस्त

YouTube मा सब्स्क्राइब

लगातारको झरी र रसुवाको भोटेकोशी बाढीको असरले मुस्ताङ र म्याग्दीका पर्यटकीय क्षेत्र मुख्य यामकै बेला सुनसान बनेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार केही दिनअघिसम्म बेनी–जोमसोम सडक हुँदै दैनिक करिब ४ हजार पर्यटक मुस्ताङ पुग्थे। बिहीबारदेखि त्यो सङ्ख्या करिब २० प्रतिशतमा झरेको उहाँले बताउनुभएको छ।

प्रहरी तथ्याङ्कअनुसार साउनको तुलनामा भदौमा मुस्ताङ पुग्ने पर्यटक झन्डै ५० प्रतिशतले घटेका छन्। विपद् प्राधिकरण र मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातको चेतावनी दिएपछि म्याग्दी र मुस्ताङ प्रशासनले बेनी–जोमसोम–कोरला सडकमा राति सवारी नचलाउन आग्रह गरेको छ। नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार पोखरा–जोमसोम उडान दैनिक करिब १० बाट घटेर २–३ वटामा सीमित भएको छ।

मुक्तिनाथ मन्दिरमा पनि दर्शनार्थी घटेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले बताउनुभएको छ। म्याग्दीको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार पुनहिलमा असोजमा दैनिक करिब ५ सय पुग्ने पर्यटक यसपालि करिब १ सयमा सीमित छन्। भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले सडक अवरोधले किसान र मजदुरलाई पनि असर परेको र सोह्रश्राद्धमा कागबेनी जाने भक्तजन घट्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार