१३ असोज २०८३ English
English

भक्तपुरमा इन्द्रजात्रासँगै तीन दिने मुपात्र जात्रा सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भक्तपुरमा इन्द्रजात्रासँगै तीन दिने मुपात्र जात्रा सुरु

YouTube मा सब्स्क्राइब

भक्तपुरमा इन्द्रजात्राका क्रममा हुने तीन दिने मुपात्र जात्रा सोमबार साँझदेखि सुरु भएको छ। भक्तपुरको इन्द्रजात्राको छैटौँ, सातौँ र आठौँ दिन यो जात्रा हुने परम्परा छ। पहिलो दिन दत्तात्रय नजिकैको भक्तपुर नगरपालिका वडा नं ९ सकुलान टोलबाट जात्रा निस्किएको थियो।

राक्षसको पोसाक लगाएर अनुहारमा रङ्ग पोतेका र तरबार बोकेका तीन जनामध्ये बीचमा मुपात्र र दुवै छेउमा उनका सहायक धि:चा थिए। उनीहरूले नगर परिक्रमा गर्दै ठाउँठाउँमा रहेका यमद्य लिङ्गोलाई तीन पटक तरबारले प्रहार गरेर तीन फन्को लगाएका थिए। इन्द्रपुत्र जयन्तको प्रतीक मानिने यमद्य इन्द्रजात्राको पहिलो दिन नगरका २१ स्थानमा ठड्याइन्छ।

स्रोत

सम्बन्धित समाचार