१३ असोज २०८३ English
English

नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन, चिकित्सक संघको प्रधानमन्त्रीलाई पत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन, चिकित्सक संघको प्रधानमन्त्रीलाई पत्र

YouTube मा सब्स्क्राइब

वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका आवासीय चिकित्सकको आन्दोलनबारे नेपाल चिकित्सक संघले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा.

विश्व राज दवाडीको हस्ताक्षर रहेको पत्र सोमबार प्रधानमन्त्रीलाई पठाइएको हो। पत्रमा एमडी र एमएस प्रथम वर्षका आवासीय चिकित्सकलाई सार्वजनिक बिदामा पनि बिदा नदिइएको र सरकारी आठौँ तहसरहको निर्वाह भत्ता नदिइएको उल्लेख छ। मानसिक दबाब दिँदै बिनाकारण गयल गरेर कारबाही गरिएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएको संघको भनाइ छ।

प्रचलित कानुन र श्रम ऐनविपरीत चिकित्सकलाई निष्कासन गर्न खोजिएको भन्दै संघले आपत्ति जनाएको छ। नागरिक दैनिकका अनुसार कलेजले करिब ५३ जना चिकित्सक निकालेपछि विवाद चर्किएको छ। कलेजले माग पूरा नगरे आयोगमार्फत तत्काल कारबाही अघि बढाउन र डरमुक्त शैक्षिक वातावरण बनाउन संघले आग्रह गरेको छ।

कलेज प्रशासनले भने यस विषयमा आफ्नै दाबी अघि सारेको छ।

स्रोत

सम्बन्धित समाचार