२० असोज २०८३ English
English

बाढीपछि त्रिशूलीमा फेरि र्‍याफ्टिङ सुरु

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बाढीपछि त्रिशूलीमा फेरि र्‍याफ्टिङ सुरु

YouTube मा सब्स्क्राइब

भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपछि रोकिएको त्रिशूली नदीको र्‍याफ्टिङ फेरि नियमित रूपमा सुरु भएको छ। बाढीले नदीको बहाव र पानीको सतहमा उतारचढाव ल्याएपछि सुरक्षाका दृष्टिले जलयात्रा केही समय बन्द गरिएको थियो। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नाराले विज्ञ, अनुभवी गाइड र प्राविधिकको टोली खटाएर मुख्य रुटको स्थलगत निरीक्षण गरेपछि सेवा खोल्ने निर्णय गरेको हो।

टोलीले नदीको बहाव, धार र रुटमा आएका परिवर्तन केलाएको थियो। केही ठाउँमा पानीको तीव्र बहाव र छालसहितका नयाँ र्‍यापिड बनेका छन् भने केही पुराना धार बदलिएका छन्। तैपनि अहिलेको बहाव र्‍याफ्टिङका लागि अनुकूल र सुरक्षित रहेको विज्ञहरूले बताएका छन्।

नदीको अवस्था सामान्य भएपछि जलपर्यटन व्यवसायीहरूले सेवा फेरि सञ्चालनमा ल्याएका हुन्। पटक–पटक अध्ययन र निरीक्षण गरेपछि मात्र र्‍याफ्टिङ फेरि थालिएको नाराका अध्यक्ष कमल ठकुरीले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार