३० असोज २०८३ English
English

ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूतद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

YouTube मा सब्स्क्राइब

ब्रुनाई दरुसलामले नेपालका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनीले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा असोज ३० गते भएको भेटमा मन्त्री खनालले राजदूत जैनीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिनुभएको छ। उहाँले राजदूतको कार्यकाल सफल होस् भनी शुभकामना पनि व्यक्त गर्नुभएको छ।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार दुवै पक्षले नेपाल र ब्रुनाईबीचको मैत्री सम्बन्धलाई अझ बलियो बनाउने र आपसी सहयोग बढाउने विषयमा विचार साटासाट गरेका छन्। दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप फराकिलो बनाउने उपायबारे पनि भेटमा छलफल भएको सचिवालयले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार