३० असोज २०८३ English
English

आलोचनापछि ट्रम्पले मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरे

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
आलोचनापछि ट्रम्पले मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द गरे
तस्बिर: रातोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा फायरिङ स्क्वाडबाट दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम) नगरिने बताएका छन्। आलोचना भएपछि उनले यो योजना रद्द गरेका हुन्।

सैन्य आधारमा गोली चलाएर हत्या गरेको दोषी ठहर भएका अमेरिकी सेनाका पूर्वसैनिक निदाल हसनलाई दिइने मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाइएको थियो।

मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने विषय रक्षामन्त्री पीट हेगसेथसँग जोडिएर विवादमा आएको थियो। व्यापक आलोचनापछि राष्ट्रपति ट्रम्पले मृत्युदण्डको प्रत्यक्ष प्रसारण नगरिने बताएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार