३० असोज २०८३ English
English

७१औँ प्रहरी दिवस : प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, लुम्बिनी प्रदेश प्रहरीलाई ब्याटन

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
७१औँ प्रहरी दिवस : प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, लुम्बिनी प्रदेश प्रहरीलाई ब्याटन
तस्बिर: इमेजखबर

शुक्रबार ७१औँ प्रहरी दिवस मनाइएको छ। यस अवसरमा प्रहरी प्रधान कार्यालयमा समारोह आयोजना गरिएको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन्। समारोहमा पठाएको लिखित सन्देशमा उनले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए।

यस वर्षको प्रहरी ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ। गृहमन्त्री गुरुङले ब्याटन प्रदान गरेका हुन्। नेपाल प्रेसका अनुसार ब्याटन डीआईजी भुपेन्द्र खत्रीलाई हस्तान्तरण गरिएको हो। त्यस्तै, जोखिमपूर्ण तथा उत्कृष्ट कामबापत बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार २०८३’ प्रदान गरिएको छ।

यसैबीच, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको बताएका छन्। उनले प्रहरी सेवालाई समयानुकूल, प्रविधिमैत्री र प्रभावकारी बनाउन आधुनिक सेलहरूको स्थापना र रणनीतिक योजना अघि सारिएको जनाएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | ३० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 30 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार