सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढ्यो, प्रतितोला २ लाख ९० हजार १ सय

शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ। महासंघका अनुसार आज बजारमा सुन सोही मूल्यमा किनबेच भइरहेको छ।
तोलामा १ हजार ७ सय रुपैयाँ बढेपछि सुनको मूल्य अघिल्लो कारोबारको २ लाख ८८ हजार ४ सय रुपैयाँबाट बढेर २ लाख ९० हजार १ सय रुपैयाँ पुगेको हो।
सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुन र चाँदीको मूल्य तोक्छ। सोही मूल्यमा देशभर किनबेच हुन्छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

