३० असोज २०८३ English
English

परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

YouTube मा सब्स्क्राइब

सार्क महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गर्नुभएको छ। असोज ३० गते परराष्ट्र मन्त्रालयमा भएको भेटमा सार्कको महत्त्व र दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको छ। जलवायु परिवर्तनको सामना र विपद्का बेला प्रतिकार्यमा क्षेत्रीय सहयोग बढाउनुपर्नेमा भेटमा जोड दिइएको छ।

मन्त्री खनालले कार्यकालभर सार्कको संस्थागत विकासमा महासचिव सरवारको योगदानको प्रशंसा गर्नुभएको छ। क्षेत्रीय सहकार्य अघि बढाउन खेलेको भूमिकाका लागि मन्त्री खनालले महासचिवलाई धन्यवाद पनि दिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार