१७ असोज २०८३ English
English

भोटेकोशी बाढी पीडितका लागि स्वदेशी तथा विदेशी संस्थाको आर्थिक सहयोग

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भोटेकोशी बाढी पीडितका लागि स्वदेशी तथा विदेशी संस्थाको आर्थिक सहयोग

YouTube मा सब्स्क्राइब

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि स्वदेशी तथा विदेशी संस्थाले प्रधानमन्त्रीको राहत कोषमा आर्थिक सहयोग गरेका छन्। होन्डाले रसुवा बाढीपीडितका लागि करिब एक लाख अमेरिकी डलर सहयोग गरेको जनाएको छ। कम्पनीको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय एसिया होन्डा मोटरले थाई रेडक्रस सोसाइटीमार्फत उक्त रकम पठाएको हो।

पर्नोड रिकार्ड कम्पनीले पनि हालका प्राकृतिक विपद्‌बाट प्रभावितका लागि करिब ५० लाख रुपैयाँ कोषमा दिने घोषणा गरेको छ। उक्त रकम विपद्‌प्रभावित परिवारको सहायतामा प्रयोग हुने कम्पनीले जनाएको छ। कम्पनीका नेपालस्थित व्यवसाय विकास प्रबन्धक सौरभ भट्टराईले नेपाली जनतासँग ऐक्यबद्धता जनाउनुभएको छ।

फिदिम नगरपालिकाले करिब ४७ लाख ५० हजार रुपैयाँ कोषमा जम्मा गरेको छ। नगर कोष, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाट संकलित रकम जम्मा गरिएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिनुभएको छ। यस्तै, अमेरिकामा बसोबास गर्ने मगर समुदायको संस्था मगर संघ अमेरिकाले करिब ३० लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

संघको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर र न्युयोर्कस्थित महावाणिज्यदूत दधिराम भण्डारीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो। संघका च्याप्टरहरूले शुभेच्छुकबाट रकम उठाएको पूर्वअध्यक्ष कुलदीप राना मगरले बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार