१७ असोज २०८३ English
English

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

YouTube मा सब्स्क्राइब

पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि करिब १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। सभा पोखरा–३०, ढुंगेपाटनको केन्द्रीय कार्यालयमा सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको थियो। उपकुलपति प्राडा देवेन्द्र अधिकारीले नीति तथा कार्यक्रम र रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले बजेट प्रस्तुत गर्नुभएको थियो।

आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार र रोजगारमुखी कार्यक्रम विश्वविद्यालयको प्राथमिकतामा छन्। नियमावली संशोधन गरी मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनर्गठन गर्दै ‘मानविकी, सामाजिकशास्त्र तथा कानुन सङ्काय’ बनाउने निर्णय पनि भएको छ। ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विस्तार गरिएको कामलाई सभाले अनुमोदन गरेको छ।

स्रोत

सम्बन्धित समाचार