विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारको कार्ययोजना

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशी काठको आयात घटाउन स्वदेशी काठको उत्पादन र खपत बढाउने सरकारी कार्ययोजना तयारीको अन्तिम चरणमा पुगेको बताउनुभएको छ। कपिलवस्तुस्थित देशकै पहिलो साझेदारी वन, तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमन गर्ने क्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो। मन्त्री चौधरीका अनुसार देशका वनमा काठ कुहिएर र धोद्रिएर खेर गइरहँदा पनि बाहिरबाट काठ भित्र्याउनुपर्ने अवस्था अन्त्य गर्न यो योजना ल्याउन लागिएको हो।
चालु वर्षको सरकारी नीति तथा कार्यक्रममै घरेलु काठको उत्पादन र प्रयोग बढाउने कुरा परेको उहाँको भनाइ छ। आयात प्रतिस्थापनमा सफल काम भएका ठाउँको अनुगमन गरी त्यसलाई नीतिमै समेट्न आफू अवलोकन भ्रमणमा निस्केको मन्त्रीले बताउनुभएको छ। वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउनु सरकारको प्राथमिकता रहेको पनि उहाँले बताउनुभएको छ।
भ्रमणका क्रममा मन्त्रीले उपभोक्ता समूहको संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापनको अभ्यास पनि हेर्नुभएको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


