१७ असोज २०८३ English
English

पृथ्वी राजमार्ग: धादिङमा आज पाँच घण्टा सवारी आवागमन बन्द

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पृथ्वी राजमार्ग: धादिङमा आज पाँच घण्टा सवारी आवागमन बन्द

YouTube मा सब्स्क्राइब

पृथ्वी राजमार्गको धादिङ खण्डमा आज शनिबार पाँच घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कुनै पनि सवारी साधन चल्न पाउने छैनन्। भोटेकोशीमा आएको बाढीले गजुरी गाउँपालिका–२ स्थित फुर्केखालाको पुल बगाएको थियो।

त्यसयता सवारी साधन परेवाटार, पिपलटार, आदमटार, बेलिनटार र मास्टार हुँदै वैकल्पिक सडकबाट चल्दै आएका छन्। उक्त वैकल्पिक सडकका विभिन्न ठाउँमा थप मर्मतसम्भार आवश्यक देखिएकाले आवागमन रोक्नुपरेको प्रशासनले जनाएको छ। बन्द अवधिमा यात्रा गर्नुपर्नेहरूका लागि प्रशासनले अर्को मार्ग सुझाएको छ।

त्यसअनुसार धादिङबेँसीबाट सुनौला बजार, भोर्ले, कोसिखोला र फोस्रेटार हुँदै कल्लेरीटार पुग्ने सडक प्रयोग गर्न सकिन्छ। प्रशासनले यात्रु तथा सवारी चालकलाई यो मार्गसहित अन्य उपलब्ध विकल्प अपनाएर मात्र यात्रा तय गर्न अनुरोध गरेको छ।

स्रोत

सम्बन्धित समाचार