क्रिकेट विश्वकप छनोट प्लेअफ डिसेम्बरमा, नेपालका लागि दुई बाटो

आइसिसी पुरुष क्रिकेट विश्वकप २०२७ का अन्तिम चार स्थान टुङ्ग्याउने छनोट प्रक्रियाअन्तर्गत प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुने भएको छ। प्लेअफ कहाँ हुने भन्ने कुरा अझै सार्वजनिक भएको छैन। प्लेअफबाट छानिने चार टोलीले ग्लोबल छनोट खेल्नेछन्।
ग्लोबल छनोट २०२७ फेब्रुअरी २६ देखि मार्च २१ सम्म दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुनेछ। १० टोली सहभागी हुने उक्त छनोटमा वेस्ट इन्डिज, आयरल्यान्ड र लिग–२ बाट आउने चार टोली पनि रहनेछन्। सेप्टेम्बर ३० को आइसिसी एकदिवसीय वरीयताका आधारमा आयरल्यान्ड छनोट खेल्नुपर्ने अवस्थामा पुगेको हो।
ग्लोबल छनोटमा शीर्ष चार स्थान ल्याउने टोलीले विश्वकप खेल्ने अवसर पाउनेछन्। संयुक्त आयोजक दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। तीबाहेक भारत र न्युजिल्यान्डलगायत आठ टोली वरीयताका आधारमा पहिल्यै छानिएका छन्।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

