२२ असोज २०८३ English
English

लामो रोकावटपछि सेबोनद्वारा आईपीओको बाटो खुला

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लामो रोकावटपछि सेबोनद्वारा आईपीओको बाटो खुला

YouTube मा सब्स्क्राइब

नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको आईपीओ स्वीकृति प्रक्रिया फेरि सुरु गरेको छ। गत वैशाख २ गतेपछि बोर्डले कुनै पनि कम्पनीलाई साधारण शेयर निष्कासनको अनुमति दिएको थिएन। असोज १६ गते बसेको बोर्डको सञ्चालक समिति बैठकले हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ जारी गर्न औपचारिक स्वीकृति दिएको छ।

आवेदन दिएका कम्पनीका कागजात जाँचेर क्रमैसँग अनुमति दिइने बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताउनुभएको छ। कानुनी प्रक्रिया, मापदण्ड र नियामकीय सर्त पूरा गर्ने कम्पनीले चरणबद्ध रूपमा स्वीकृति पाउने र अबदेखि निष्कासनको क्रम नरोकिने उहाँको भनाइ छ। बोर्डमा परेका आवेदनअनुसार विभिन्न क्षेत्रका कम्पनीहरूले करिब ४९ करोड कित्ता शेयर बेचेर करिब ७० अर्ब ६५ करोड रुपैयाँ उठाउने योजना बनाएका छन्।

तीमध्ये उत्पादन तथा प्रशोधन क्षेत्र कम्पनी सङ्ख्या र रकम दुवैमा अगाडि छ। यस क्षेत्रका ३२ कम्पनीले करिब १७ करोड ४२ लाख कित्ता शेयरमार्फत करिब ३५ अर्ब ७१ करोड रुपैयाँ माग गरेका छन्। सिमेन्ट उद्योगमा शौर्य, मारुती र ऋद्धिसिद्धि तथा इस्पात क्षेत्रमा जगदम्बा, अम्बे र भगवती स्टिल्स प्रिमियम मूल्यमा शेयर ल्याउने तयारीमा छन्।

औषधि उत्पादक कान्तिपुर र निभिक्स फार्मास्युटिकल्स, एसियन ब्याट्रिज र अन्नपूर्ण माछा दाना पनि अनुमतिको लाइनमा छन्। जलविद्युत् क्षेत्रका ३४ कम्पनीले पनि अनुमतिका लागि आवेदन दिएका छन्।

स्रोत

सम्बन्धित समाचार