रोशी खोलाले खतराको तह पार गर्यो

बिहीबारदेखिको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी खोलाको जलसतहले शुक्रबार साँझ ५ बजे खतराको तह पार गरेको छ। पनौतीस्थित बाढी सूचना केन्द्रका अनुसार खोलाको जलसतह दिनभर घटबढ भइरहेको थियो। विभागका जलविज्ञका अनुसार साँझ ५ बजेर ५५ मिनेटसम्म पनौतीमा जलसतह करिब साढे ४ मिटर पुगेको छ।
पानीको सतह निरन्तर बढ्दा तल्लो तटीय क्षेत्र र आसपासका बस्तीमा कटान तथा बाढीको जोखिम बढेको छ। रोशी खोलाको निगरानीका लागि पनौतीको भूमिडाँडा र त्रिवेणी घाट नजिक बाढी मापन केन्द्र राखिएका छन्। जलसतह खतराको तह नाघेपछि पनौतीको गोरखनाथमा स्थानीयले देख्ने गरी चेतावनी बत्ती बल्ने व्यवस्था छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


