१३ असोज २०८३ English
English

विजय बरालको नयाँ लुकसहित ‘जिरो डिग्री’ माघ १५ मा प्रदर्शन हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
विजय बरालको नयाँ लुकसहित ‘जिरो डिग्री’ माघ १५ मा प्रदर्शन हुने

YouTube मा सब्स्क्राइब

अभिनेता विजय बरालको मुख्य भूमिका रहेको डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’ आगामी माघ १५ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ। मेघौली फिल्म्सको ब्यानरमा बनेको चलचित्रको निर्माण पक्षले मङ्गलबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। उक्त दिन सन् २०२७ को जनवरी २९ तारिख पर्छ।

पोस्टरमा बराल ‘पुन्य चौलागाईँ’ नामक पात्रका रूपमा देखिएका छन्, जहाँ बाक्लो जुँगा, ढाका टोपी र चस्मा लगाएका उनी परम्परागत पोसाकमा सेतो घोडा चढेका छन्। पोस्टरमा दुईवटा पङ्खासहितको व्यङ्ग्यात्मक दृश्य पनि समेटिएको छ। सडक सञ्जाल नपुगेको विकट गाउँमा विदेशमा रहेका सन्तान नफर्कुन्जेल ‘डीप फ्रिज’ बोकेर उकालो चढ्दा सिर्जना हुने उथलपुथल र हास्यपूर्ण परिस्थितिमा कथा केन्द्रित छ।

यसअघि गाउँलेले पहाडी बाटोमा ठूलो काठको बाकस बोकेको दृश्यसहितको पोस्टर पनि सार्वजनिक भएको थियो। सजन काफ्ले र आकाश बरालले कथा, पटकथा लेखनसँगै संयुक्त निर्देशन गरेका छन्। ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीको यो दोस्रो सहकार्य हो।

कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायत बस्तीमा छायाङ्कन गरिएको चलचित्रमा सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी र प्रकाश घिमिरेलगायतको अभिनय छ।

स्रोत

सम्बन्धित समाचार