१३ असोज २०८३ English
English

काभ्रेका हरेक स्थानीय तहमा पर्यटकीय हब बनाउने अवधारणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काभ्रेका हरेक स्थानीय तहमा पर्यटकीय हब बनाउने अवधारणा

YouTube मा सब्स्क्राइब

होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य पर्यटकीय केन्द्र बनाएर जिल्लाका स्थानीय तहका गन्तव्यमा एक दिने भ्रमण गराउने रणनीतिक प्रस्ताव अघि सारेको छ। सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले होटल व्यवसायको अवस्था, लगानी, रोजगारी र १३ वटै स्थानीय तहको पर्यटकीय सम्भावना समेटेर यो अवधारणा प्रस्तुत गर्नुभएको हो। अवधारणामा धुलिखेलबाहेक जिल्लाका अन्य १२ विशेष गन्तव्यलाई प्राथमिकतामा राखिएको छ।

सङ्घका अनुसार जिल्लामा करिब १८९ होटल सञ्चालनमा छन् र यो व्यवसायमा करिब २८ अर्ब रुपैयाँ लगानी भएको छ। त्यसमध्ये धुलिखेल क्षेत्रमा मात्र निजी क्षेत्रको करिब २५ अर्ब रुपैयाँ लगानी रहेको सङ्घको भनाइ छ। होटलको सङ्ख्या हेर्दा धुलिखेल क्षेत्रमा करिब ८८, नगरकोट क्षेत्रमा करिब ६३ र बनेपामा करिब १५ वटा छन्।

दोलालघाट र पनौती क्षेत्रमा करिब सात–सात, नमोबुद्धमा करिब छ र पलाञ्चोकमा करिब तीनवटा होटल सञ्चालनमा छन्।

स्रोत

सम्बन्धित समाचार