९ असोज २०८३ English
English

दसैँ नजिकिँदै गाउँमा फर्कियो पिङको रौनक

· १ मिनेट पढाइ
दसैँ नजिकिँदै गाउँमा फर्कियो पिङको रौनक
तस्बिर: गोरखापत्र

दसैँ र तिहार नजिकिँदै गर्दा बाँकेको खजुरा क्षेत्रका गाउँमा पिङको रौनक फर्किएको छ। केही वर्षअघिसम्म चाडपर्व नजिकिँदा रोजगारी र पढाइका सिलसिलामा सहर तथा विदेश गएका युवा घर फर्कने गर्थे। गाउँका बाटाघाटा, चौतारा र सार्वजनिक स्थलमा पर्वको तयारी सुरु हुन्थ्यो भने घरघरमा सरसफाइ चल्थ्यो।

युवाहरू मिलेर घरघरबाट खर जम्मा गर्थे र आवश्यक काठका लागि जङ्गल पुग्थे। वर र पीपलका ठुला रूखमा खरकै डोरी प्रयोग गरी लिङ्गे अर्थात् ज्यूरे पिङ बाँधिन्थ्यो। मेला तथा सार्वजनिक स्थलमा भने काठका जाँते र चर्खे पिङ बनाइन्थ्यो।

तीजदेखि तिहारसम्म पिङमा रमाउनेहरूको भीड लाग्ने गर्थ्यो। यो बालबालिका र युवाको मनोरञ्जनसँगै गाउँलेबीच भेटघाट र आत्मीयता बढाउने माध्यम पनि बन्थ्यो। वर्षमा कम्तीमा एकपटक जमिन छाड्नुपर्ने लोकमान्यतासँग जोडिएको पिङ चाडपर्वको अभिन्न संस्कृतिका रूपमा स्थापित छ।

पछिल्ला वर्षमा भने गाउँघरबाट यो चलन हराउँदै गएको छ।

यो समाचार भिडियोमा

दसैँ नजिकिँदै गाउँमा फर्कियो पिङको रौनक

स्रोत

सम्बन्धित समाचार