९ असोज २०८३ English
English

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

· १ मिनेट पढाइ

कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्नातक तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीको सङ्ख्या बढेको छ। उपकुलपति प्रा.डा. ऋषिराम कट्टेलका अनुसार गत शैक्षिक सत्रमा करिब एक हजार ५०० जनाले प्रवेश परीक्षा दिएकामा यस वर्ष करिब एक हजार ७०० जना सहभागी भएका छन्।

विश्वविद्यालयले यस वर्ष देशका छ ठाउँबाट एकैसाथ प्रवेश परीक्षा लिएको हो। विगतमा काठमाडौँ, हेटौँडा र चितवनको रामपुरमा मात्र परीक्षा हुने गरेकोमा यसपटक इटहरी, जनकपुर र नेपालगञ्जमा पनि केन्द्र थपिएका छन्। कट्टेलका अनुसार काठमाडौँबाट झन्डै सात सय र रामपुरबाट करिब पाँच सय ७० परीक्षार्थी सहभागी भएका छन्।

इटहरीबाट करिब एक सय ४५, नेपालगञ्जबाट करिब एक सय १०, जनकपुरबाट करिब ९० र हेटौँडाबाट करिब ६५ जनाले परीक्षा दिएका छन्। फारम भर्नेको सङ्ख्या करिब एक हजार ८०० रहेकामा झन्डै एक सय १५ जना परीक्षामा अनुपस्थित रहेका छन्। केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौ ठाउँमा करिब आठ सय ५० विद्यार्थीले अध्ययन गर्ने अवसर पाउनेछन्।

यसबाहेक सम्बन्धन प्राप्त आठ निजी क्याम्पसमा पनि अध्ययनको अवसर रहनेछ।

यो समाचार भिडियोमा

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो

स्रोत

सम्बन्धित समाचार