ध्यानको आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

पशुपति क्षेत्रको श्लेषमान्तक वनभित्र रहेको ध्रुवस्थलीमा ध्यान साधनाका लागि दैनिक सयौँ साधक पुग्ने गरेका छन्। शिवपुरी बाबाले यहाँ करिब १५ वर्ष ध्यान साधना गरेका थिए। विसं २००४ देखि २०१९ सम्म उनले यही आश्रममा साधना गरेका हुन्।
पौराणिक ग्रन्थअनुसार बालक ध्रुवले यहीँ तपस्या गरेकाले यस स्थलको नाम ध्रुवस्थली रहन गएको आश्रम संरक्षण गर्दै आएका विष्णुप्रसाद तिमल्सिनाले बताउनुभएको छ। ध्रुवले तपस्या गर्दा भगवान् विष्णु प्रसन्न भएको र माता लक्ष्मीलाई यहाँ पठाएको किंवदन्ती आफूले बुबाबाट सुनेको उहाँले सुनाउनुभयो। साधनास्थलमा करिब ६० जनाले एकैपटक ध्यान गर्न सक्ने संरचना रहेको छ।
जुनसुकै विधि अपनाउने साधकले पनि त्यहाँ आएर ध्यान गर्न सक्ने उहाँको भनाइ छ। विसं २०१९ मा यही स्थानमा शिवपुरी बाबाले समाधि लिएपछि समाधिस्थल साधकको आकर्षण बनेको हो। आज यहाँ शिवपुरी बाबाको २००औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ।
राजधानी सहरको बीच भागमा रहेको यो समथर वनक्षेत्र ध्यानका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

