इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु
इन्द्रजात्राका अवसरमा भक्तपुरमा लाखेनाच सुरु भएको छ। हराउँदै गएको परम्परा जोगाउन भक्तपुरको रञ्जितकार समाजले धेरै वर्षपछि शनिबार पहिलो दिन लाखे निकालेको हो। चाँगुनारायण नगरपालिकास्थित लाखेडोलमा पूजाअर्चना गरेपछि नाच सुरु गरिएको हो।
खरिपाटीबाट सुरु भएको नाच कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेँसम्म पुगेको छ। यो जात्रालाई नेवार समुदायले सांस्कृतिक परम्परा, धार्मिक आस्था तथा ऐतिहासिक किंवदन्तीसँग जोडेर भक्तपुरमा विशेष महत्वका साथ मनाउने गर्छन्। ख्वपः लाखेको इतिहास सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग जोडिएको बताइन्छ।
वर्षौँदेखि चलिआएको यो नाच बीचमा रोकिएपछि रञ्जितकार समाजले पुनः निरन्तरता दिन थालेको हो।
यो समाचार भिडियोमा

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

