मुस्ताङमा ३६ घण्टादेखि बिजुली र इन्टरनेट अवरुद्ध

बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्याएपछि मुस्ताङमा शनिबार रातिदेखि बिजुली र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्लामा करिब ३६ घण्टादेखि दुवै सेवा ठप्प छन्। जोमसोमस्थित विद्युत् वितरक निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीका अनुसार बाढी र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए प्रसारण लाइनका खम्बा क्षतिग्रस्त भएका छन्।
पर्वत र म्याग्दी खण्डमा संरचना बिग्रँदा म्याग्दीको दाना सबस्टेसन चार्ज हुन नसकेर बन्द भएको उहाँले बताउनुभएको छ। सेवा ठप्प हुँदा म्याग्दीको उत्तरी खण्डको अवस्थाबारे जानकारी लिन पनि कठिन भएको थकालीको भनाइ छ। म्याग्दीको बेनीसम्म भने आइतबार साँझ लाइन मर्मत गरी बिजुली सञ्चालनमा आइसकेको छ।
प्रसारण लाइन र दाना सबस्टेसनको अवस्था बुझ्न जोमसोमबाट एउटा टोली प्रस्थान गरेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


