बीपी राजमार्ग खुलाउने काम जारी, खुर्कोट–भकुण्डेबेँसी खण्ड अझै बन्द

पहिरो र रोशी खोलाको कटानले अवरुद्ध बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड सोमबार पनि बन्द रहेको छ। मौसमले साथ दिए असोज १३ गते मंगलबार अपराह्नदेखि उक्त खण्डमा सवारी चल्न सक्ने काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभएको छ। नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयबेँसी, रोशी–८ को गिम्दीबेँसी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
चौकीडाँडामा रोशी खोलाले डाइभर्सन नै कटान गरेको छ। केही स्थानमा पहिरो पन्छाइए पनि चौकीडाँडा क्षेत्र खुलाउन अझै समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ। जापानी ठेक्काअन्तर्गतको काभ्रेपट्टिको अन्तिम खण्डमा बाढीले सडकको ठूलो भाग बगाएकाले काम सक्न मंगलबारसम्म लाग्ने सडक डिभिजन कार्यालयका प्राविधिकहरूले जनाएका छन्।
डिभिजन सडक कार्यालय भक्तपुरको टोली सोमबार बिहानैदेखि अवरोध हटाउन खटिएको छ। २०८१ असोज दोस्रो साताको बाढीले काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि राजमार्ग स्थायी पुनर्निर्माणको चरणमा छ। त्यतिबेला सडकको ठूलो भाग बगेपछि तत्काल यातायात चलाउन विभिन्न स्थानमा अस्थायी डाइभर्सन बनाइएको थियो।
राजमार्गको पुनर्निर्माण ४ प्याकेजमा भइरहेको छ।
स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


